१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताको उपाधि तिवारी र न्यौपानेलाई (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२४:oo

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि वसन्ती तिवारी र पुरुषतर्फको उपाधि रवि न्यौपानेले जितेका छन् । 

महिलातर्फको फाइनल खेलमा शान्ति तामाङलाई हराउँदै वसन्ती तिवारीले उपाधि जितेकी हुन् ।

तेस्रो स्थानका लागि भएको खेलमा मञ्जु टेलरलाई पराजित गर्दै एल्जिना राई तेस्रो भइन् । 

पुरुषतर्फको उपाधि भिडन्तमा विश्व थापालाई सोझो सेटमा हराउँदै रवि न्यौपानेले उपाधि जिते । न्यौपानेले थापालाई ११–८, १२–१० र ११–३ मा हराए । यस्तै, सतीश पोखरेललाई हराउँदै शंकर लामिछाने तेस्रो भए । प्रतियोगितामा पुरुषतर्फ ४१ र महिलातर्फ ७ जना सहभागी थिए ।

नयाँ पत्रिकाको १५औँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०७९ को अवसरमा नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा विजयी खेलाडीहरूलाई १ वैशाखमा आयोजना हुने नयाँ पत्रिकाको वार्षिकोत्सवको दिन पुरस्कृत वितरण गरिने महासंघ प्रतिष्ठान शाखाका अध्यक्ष भवानीश्वर गौतमले जानकारी दिए ।

ad
ad