१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइज ए डिभिजनमा

लिगको १२औँ खेलमा बाँसबारीमाथि ५–१ को जित निकाली चर्च ब्वाइज क्लब बी डिभिजन लिग च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:४२:oo

क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग च्याम्पियन हुँदै माथिल्लो डिभिजनमा बढुवा भएको हो । लिगको एक खेल बाँकी छँदै च्याम्पियन बनाउन चर्च ब्वाइजका लागि साइमन लिम्बूले चार गोल गरेका थिए । चर्च ब्वाइजका लागि थप एक गोल आशिष चौधरीले गरे ।

बाँसबारीका सन्जोक धिमालले एक गोल फर्काए ।लिग तालिकामा चर्च ब्वाइजले १२ खेलबाट २६ अंक जोडेको छ । यसक्रममा चर्च ब्वाइजले आठ  जित र समान दुई बराबरी र हारको नतिजा सामना गरेको छ । क्लबले १२ खेलमा विपक्षी पोस्टमा २९ गोल गर्दा ११ गोल खाएको छ । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेको छ । लिगको समाप्तिपछि दुई टोली ए डिभिजन लिगमा बढुवा हुँदा दुई टोली रेलिगेसनमा पर्नेछन् ।

०६६ मा स्थापना ०६६ मा स्थापना भएको चर्च ब्वाइजले ०७६ र ०७७ मा सी डिभिजन छनोट खेलेको थियो । यसै वर्ष सी डिभिजन च्याम्पियन हुँदै चर्च ब्वाइजले यसै वर्ष बी डिभिजन खेलेको हो । चर्च ब्वाइजले सी डिभिजनमा उक्लन पाँचपटक प्रयास गरेको थियो । क्लब तीनपटक छनोटको सेमिफाइनलमा नै रोकिएको थियो । एन्फा कम्प्लेक्समा सातौँ मिनेटमा साइमनले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलको १७औँ मिनेटमा आशिषले २–० का लागि गोल गरे । खेलको ३७औँ र ४१औँ मिनेटमा गोल गर्दै साइनमले आफ्नो ह्याट्रिक पूरा गर्दा चर्च ब्वाइज खेलमा ४–० को बलियो अवस्थामा पुग्यो । ६३औँ मिनेटमा सन्जोक धिमालले गोल गर्दै बाँसबारी ४–१ को स्थितिमा पुग्यो । खेलको ८५औँ मिनेटमा साइमनले व्यक्तिगत चार गोल संख्या पुर्‍याए । 

चर्च ब्वाइजका मुख्य प्रशिक्षक कविचन्द्र राईले सबै खेलाडीका मिहिनेतका कारण क्लब ए डिभिजनमा उक्लेको बताएका छन् । उनले आफूहरूको ए डिभिजन लिग खेल्ने सपनासमेत पूरा भएको जनाए । ‘हाम्रो लक्ष्य नै ए डिभिजनमा बढुवा हुने थियो, यो लक्ष्य प्राप्त गर्दा खेलाडीदेखि अफिसियलहरूले त्यत्तिकै मिहिनेत गरेका छन्,’ राईले भने, ‘टोली ए डिभिजनका लागि राम्रो तयारीमा लाग्नेछ ।’ ए डिभिजनका लागि टोलीको योजना तयार हुन बाँकी रहेको उनले जनाए । 

 ४२ लाख खर्च
क्लबका संस्थापक अध्यक्ष रुवेन राईले  ठूलो संघर्ष गरी टानेली ए डिभिजनमा प्रवेश गरेको बताएका छन् । ‘सुरुवाती दिन र आज ए डिभिजनमा उक्लदाको क्षण सम्झना सपना जस्तै लागेको छ,’ रुवेनले नयाा पत्रिकासँग भने, ‘यस क्रममा हामीले धेरै आलोचनाको सामना पनि गरौँ तर क्लब अहिले ए डिभिजनमा उक्लेको छ, यो सफलताको शब्द बाँड्न सक्ने अवस्था नै छैन ।’ 

क्लबको साधारणसभाले नै आउने दिनको खाका तयार गर्ने उनको भनाइ छ । ‘पहिलो बी डिभिजन लिगको अन्तिम खेल जितेरै समाप्त गर्ने योनजा बनाएका छौँ, त्यसपछि साधारणसभाले क्लबलाई ए डिभिजनमा कसरी अगाडि बढाउने भन्ने निर्णय गर्नेछ,’ भावी योजनाबारे राई भन्छन्, ‘यसमा हामीले ए डिभिजन क्लबको हैसियतमा कतिवटा मोसफलमा आयोजना हुने गोल्डकपमा सहभागिता जनाउने, एकेडेमी सञ्चालनदेखि क्लब लाइसेन्ससम्मको योजना छ ।’ चर्च ब्वाइज बी डिभिजन च्याम्पियन हुँदासम्म ४२ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिएका छन् । ‘बी डिभिजनको तयारीदेखि च्याम्पियन हुँदासम्म ४२ लाख खर्च भइसकेको छ,’ राईले भने, ‘सबैको सहयोगविना यो सम्भव थिएन ।’ 

ad
ad