मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २२ मंगलबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २२ मंगलबार १०:३२:००

नेपाल प्रहरीले काठमाडौंको बुढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र विपत् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले बुढानीलकण्ठ नगरपालिका– ३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घन्टापछि सोमबार बेलुका सकुशल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २:३० बाट हराएकी शेर्पाको साँझ ६:३५ बजे इनारबाट सकुशल उद्धार गरिएको जानकारी दिए ।  उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् ।

‘अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बुढानीलकण्ठ नगरपालिका– १३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।