१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ चैत २२ मंगलबार ०८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ को योजना आयोग उपाध्यक्षमा डा. लोक्सम नियुक्त

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ चैत २२ मंगलबार ०८:४२:००

प्रदेश १ को योजना आयोग उपाध्यक्षमा डा. पूर्ण लोक्सोम नियुक्त भएका छन् ।प्रथम मुख्यमन्त्री शेरधन राईको राजीनामासँगै गत भदौदेखि पदाधिकारीविहीन रहेको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोम नियुक्त भएका हुन् ।

पाँचथर जिल्लाका डा. लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । उनलाई योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  २१ चैतमा उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यसैगरी पाँचदलीय गठबन्धनले सोमबारै आयोगमा संखुवासभाका  डा. ज्ञानेन्द्रबहादुर कार्की, सुनसरीका नारायण कोइराला भोजपुरका प्रकाश राई र मोरङका अञ्जु खड्कालाई सदस्यमा  नियुक्त गरेको छ । प्रदेश १ सरकारले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको छ ।