१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ। 

पवित्र महिना रमजानमा मुस्लिम धर्मावलम्बी ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहुद खाँ नेपालीले जानकारी दिए। रमजानमा गरिब परिवारमा दान–दक्षिणा सदका जकातसमेत दिइने चलन छ। जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगरको  रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घन्टा निराजल व्रत राख्नुपर्छ।

छिमेकी मित्रराष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्राेदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा संघ नेपालले दिएको छ। 

राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफीका अनुसार नेपालमा कोभिड– १९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुला रहेको छ। यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गरेका छन्। पवित्र रमजान महिनामा इबादत गर्नाका साथसाथै आफूले वर्षभरि कमाएको हलाल रुपैयाँमा २.५ प्रतिशत जकात (दान) दिई गरिब परिवारलाई सहयोग गर्ने संघका महासचिव खाँ नेपालीले बताए। रासस

ad
ad