१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट : नेपालसँग मलेसिया ६ विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा मलेसियालाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । 

नेपालको जितमा आसिफ शेखको अर्धशतकीय इनिङ महत्वपूर्ण रह्यो । यससँगै नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । 

मलेसियाले पनि पिएनजीलाई ८ रनले पराजित गर्दै शृंखलामा सुखद् सुरुवात गरेको थियो । जितपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानले बलरको उत्कृष्ट प्रदर्शन र आसिफको अर्धशतकीय  इनिङको सहयोगमा जित सम्भव भएको बताए । 

यसअघिको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । नेपाललाई सहज जित दिलाउन अर्धसतकीय खेल खेलका आसिफ ५७ रनमा पेभेलियन फर्किएका थिए । 

३८ बलको सामना गरेका आसिफले सात चौका र एक छक्का प्रहार गरेका थिए । स्कोरबोर्ड २५ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको इनिङ आसिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै उकासेका थिए । 

दीपेन्द्रले १७ बलमा एक चौका र एक छक्कासहित २१ रन बनाउँदा दिलीप नाथले अविजित १५ रन र कुशल मल्लले दुई रन जोडे । यस्तै रोहितकुमार पौडेलले १२ रन थपे । त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए । 

मलेसियाका पवनदीप सिंहले दुई विकेट लिँदा मुहम्मद अमिर र सेद अजिजले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको योगफल तयार पारेको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाएका थिए । 

मलेसियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई-दुई विकेट लिएका थिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिएका थिए । 

टी–ट्वान्टी शृंखलाअन्तर्गत नेपालले बिहीबार पिएनजीसँग दोस्रो खेल खेल्नेछ ।