मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Wednesday, 02 September, 2026
लक्ष्मण खनाल यूएई
२o७८ चैत १६ बुधबार १३:oo:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

वनमन्त्री यादव युएईमा 

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल यूएई
नयाँ पत्रिका यूएई
२o७८ चैत १६ बुधबार १३:oo:oo

वन तथा वातावरणमन्त्री रमसहायप्रसाद यादव युएई आइपुगेका छन्। विश्व वातावरणसम्बन्धी कार्यक्रममा  भाग लिन उनी सोमबार युएई  आएका हुन् ।  युएई आएको अवसरमा जनता समाजवादी पार्टीको युएईमा रहेको  संगठनले  आयोजना  गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वैदेशिक  रोजगारीमा  रहेका नेपालीका समस्या समाधानमा नीति, मानसिकता र प्रतिबद्धता जरुरी रहेको बताए। 

नियम बनाएर मात्र नहुने भन्दै उनले कार्यान्वयनका लागि देशको  अस्थिर राजनीतिले असर परेको पनि उनले बताए। वैदेशिक  रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि पहल गर्ने उनले बताए। 

कार्यक्रममा वन विभागका महानिर्देशक राजेन्द्र केसी, नेपाली राजदूतावास युएईका तृतीय सचिव देवदूत ढकाललगायात नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।  

कार्यक्रममा युएईमा  रहेका  नेपाली संघसंस्थाका  प्रतिनिधिहरूले नेपाली श्रमिक,  नेपाली व्यवसायीहरूका समस्या राख्दै विदेशमा रहेका नेपालीहरूसम्बन्धी  नीति कार्यान्वयन पक्ष कमजोर रहेको, विदेशमा सीप सिकेका नेपालीहरूलाई देश फर्कने वातावरण  बनाउनुपर्नेमा   विषयमा जोड दिए। उनी कार्यक्रम  सकेर बुधबार बिहान नेपाल फर्कनेछन्।