१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २१:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाग्लुङको निसीखोलामा जिप दुर्घटना, एकको मृत्यु,अर्का एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४६:oo

बाग्लुङको निसी खोलामा पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको निसी खोला गाउँपालिका–२ खाडुमा जिप दुर्घटना भएको हो । 

दुर्घटनामा परी ढोरपाटन नगरपालिका- १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवत्ता डिएसपी इकवाल हवारीले जानकारी दिए ।  

मंगलबार साँझ करिब ७ बजे निसी खोला गाउँपालिकाबाट बुर्तिबाङ बजार फर्कँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जिप सडकबाट झन्डै १५० मिटर तल खोलामा खसेको थियो । जिपधनीसमेत रहेका पौडेलले आफैँ गाडी चलाएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा  रुपन्देहीस्थित तिलोत्तम नगरपालिका- ७ का ३८ वर्षीय सुरेश थापा गम्भीर  घाइते भएका छन् । घाइतेको उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
मृतक पौडेल नेकपा एमाले ढोरपाटन नगरपालिकाका अध्यक्ष हुन् । उनले लामो समय स्वास्थ्यकर्मीको रूपमा काम गरेका थिए ।

ad
ad