१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

मोटरसाइकल चोरी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका– ७ भुजीका एक बालकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भुजीका १८ वर्षीय युसुफ सुनुवार र सोही स्थानका १६ वर्षीय किशाेरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले गत फागुन २२ गते राति ११ बजेको समयमा लिखु तामाकोसी गाउँपालिका– २ ढाडेबजारमा पार्किङ गरी राखेको बा.८३प ३४३८ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका बताइएको छ। पार्किङ गरेको ठाउँबाट मोटरसाइकल हराएपछि मोटरसाइकलधनी रमेश पौडेलले प्रहरीमा खोजबिनको लागि निवेदन दिएका थिए।

खोजबिनको क्रममा भुजीको धाराधर (चिलाउने) चर्चको किचन कोठामा लुकाएर राखेको अवस्थामा मोटरसाइकल फेला पारी चोरीमा संलग्न दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि चोरी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।