१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘हिरो अफ मधेस’का लागि महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुख चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५१:oo

‘हिरो अफ मधेस’ अवार्डका लागि  स्थानीयस्तरमा महोत्तरीका दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख चयन भएका छन्। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्की र रामगोपालपुर नगरपालिकाकी उपप्रमुख सीतादेवी साह चयन भएका हिरो अफ मधेसका संयोजक मोहन सिंहले जानकारी दिए।

हिरो अफ मधेसमा फर्म भरेर सदस्यता लिएकाहरूको मतको आधारमा उक्त निर्णय गरिएको सिंहले बताए। नयाँ पुस्ताको कामलाई प्रोत्साहन र प्रवर्द्धन गर्न तथा समाजमा भएका सकारात्मक परिवर्तनलाई उजागर गर्न गठित हिरो अफ मधेस अवार्ड देशैभरि दिने निर्णय गरिएको उनले बताए।

सिंहका अनुसार अवार्डका लागि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र काठमाडौंका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, समाजसेवीलगायतलाई चयन गरिएको छ। उक्त अवार्ड राष्ट्रियस्तरमा एकजना र प्रदेशस्तरमा एक–एकजनालाई प्रदान गरिने उनले बताए।

ad
ad