मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत १४ सोमबार ०७:३७:००
Read Time : > 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनएमा पहिलोपटक महिलासहित तीनजना अध्यक्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत १४ सोमबार ०७:३७:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलोपटक महिलासहित तीनजना अध्यक्ष चयन भएका छन् । संघको १०औँ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दसाैँ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको जनाएको छ । तीन अध्यक्षको व्यवस्था र केही पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्कोपटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो बैठक तीन अध्यक्षको अध्यक्षतामा गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने सहमति भएको छ ।

अध्यक्षमा निर्वाचित तीनैजनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापन समारोहमै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भूषण घिमिरे, डिबी क्षत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र यास्मिन बेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी तथा महिला सचिवमा डा. अलिली पोखरेल र टीका गुरुङ चयन भए ।

कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणीन्द्रमणि पोखरेल, सहकोषाध्यक्षमा दीपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी, मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् । त्यस्तै, युवा संयोजकमा अब्दुल वासिद र रवीद्र खड्का तथा महिला संयोजकमा विमला सापकोटा र संगीता मरहट्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन् ।