१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको मतभारका आधारमा गठबन्धनको मोडल बनाउनुपर्छ : कांग्रेस प्रदेश १ सभापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले स्थानीय तहको मतभारको आधारमा गठबन्धनको मोडल बनाउनुपर्ने बताएका छन्। सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले गठबन्धन राष्ट्रको आवश्यकता भएको भन्दै यस्तो धारणा राखेका हुन्।

‘कांग्रेसले गठबन्धन गर्छ। कसरी गर्ने पार्टीले मोडल बनाउला। स्थानीय तहको मतभारको आधारमा गठबन्धनको मोडल बनाउनुपर्छ,’ उनले भने। गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउँदै उनले चुनाव जित्न मात्र नभएर संविधान जोगाउन पनि गठबन्धन गर्नुपरेको बताए।

‘गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यकता हो। लोकतन्त्र संस्थापन गरी मुलुक सुशासनमा चलाउनु छ,’ उनले भने, ‘ओली सरकारले संसद् संस्थगन गरेर अध्यादेशबाट देश चलाएको थियो। सरकार अधिनायकवादबाट चलेको थियो ओलीको समयमा, त्यसले एमाले नै फुट्यो।’