
चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सिंहदरबार पुगेका छन्। परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताका लागि समकक्षी यी सिंहदरबार पुगेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका हुन्। वाङको भ्रमणका क्रममा केही द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ ।