१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५४:oo

पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पाँँच हजार २६८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। पिसिआर विधिबाट तीन हजार ८८१ र एन्टिजेन विधिबाट एक हजार ३८७ नमुना परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ३२ र ३ संक्रमित थपिएका हुन्।

यस अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ। आज देशभर ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा दुई हजार २१९ सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ad
ad