१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे ।
२०७८ चैत ६ आइतबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल र प्रचण्ड अवसरवादी भएकाे ईश्वर पोखरेलको आरोप

Read Time : < 1 मिनेट
२०७८ चैत ६ आइतबार १७:३२:००

एमाले वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अवसरवादी भएको आरोप लगाएका छन्। आइतबार कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

प्रचण्ड र नेपालले एमाले अध्यक्ष केपी ओलीको समृद्धिको सपना पचाउन नसक्दा दुईतिहाइको कम्युनिस्ट सरकार ढलेको उनले बताए। ‘दुईतिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीको समृद्धिको सपना पचाउन नसकेका कारण दुईतिहाइको सरकार ढालेर कांग्रेसको सरकार बनाउने माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्ड अवसरवादी भए,’ उनले भने, ‘देशमा अपराधपूर्ण काम भएको छ। यसको छिनोफानो हुन आवश्यक रहेको छ।’

पोखरेलले एमाले सरकारले चुच्चे नक्सा ल्याउँदा गठबन्धन सरकारले फुच्चे नक्सा ल्याएको टिपप्णी गरे। उनले भने, ‘हामीले चुच्चे नक्सा ल्याएका थियाैँ। गठबन्धन सरकारले फुच्चे नक्सा छाप्यो। त्यसमा प्रचण्ड र माधव नेपालले ताली बजाउनुभयो।’