१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गोलरक्षक एन्जिलाको कथामा चलचित्र  ‘अन्जिला’ बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:३१:oo

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला नै मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ।

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा देखाइने निर्देशक चाम्सले जानकारी दिए। ‘एन्जिलाको बालापनदेखि खेलजीवनसम्मको कथालाई चलचित्रमा देखाउनेछौँ। सफल खेलाडी बन्नुअगाडि एन्जिलाले गरेका दुःखहरू धेरै छन्, त्यसलाई चलचित्रमा विशेष जोड दिनेछौँ,’उनले भने।

चलचित्रममा अभिनय गर्न अहिले एन्जिला मण्डल थिएटरमा अभिनय सिकिरहेकी छिन्। आफ्नो जीवनीमा चलचित्र बन्नु आफ्ना लागि ठूलो उपलब्धि रहेको उनको बुझाइ छ। ०५३ मा पाँचथरको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी हुन्।

सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यू– १४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ मा राष्ट्रिय टिममा परेकी थिइन्। एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन्।

ad
ad