१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा ६० प्रतिशत जित्छु भन्ने ओलीको घमन्डकाे जवाफ जनताले दिन्छन् : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री आलेले  ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने बताए।

ओलीकै घमन्डका कारण वामपन्थीहरूको दुईतिहाइनजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उनले बताए। ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै उनले ओलीले अब घमन्ड गर्न नमिल्ने बताए।

केपीओलीमा महाभारतको दुर्योधनमा भन्दा बढी घमन्ड चढेको भन्दै मन्त्री आलेले जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने ठोकुवा गरे। ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो, प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमन्ड गरेको छ। त्यो घमन्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाँज्यौँ भने अहंकारमा कुनै कमी छैन। तपाईंहरू मूल्यांकन गर्नुहोस्। जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन्।’