मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमेन्ट उद्योगमा युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

हेटौँडा उपमहानगरपालिका– १६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको मृत्यु भएको छ। उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको आज बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तामा च्यापिएर घाइते भएका अख्तरलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकाेमा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको हो। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ। रासस