१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भद्रकाली मन्दिर पुनर्निर्माण कार्य सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४९:oo

बटु लुँ मधि अजिमा (भद्रकाली) द्यः छेँ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुननिर्मित द्यः छेँ को शनिबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्।

२०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ साउनमा शिलान्यास भएको थियो। मन्दिर करिब एक करोड ६६ लाख रुपैयाँमा पुननिर्माण भएको हो। यसमध्ये महानगरले करिब एक करोड रुपैयाँ उपलब्ध गराएको हो भने जनसहभागिताबाट ६६ लाख रुपैयाँ संकलन भएको थियो।

श्री बटु लुँ मधि अजिमा घोडेजात्रासँग सम्बन्धित मन्दिर हो। घोडेजात्राका अवसरमा संकटाको भद्रकाली (पहेँलो टोपी) र ओटुको भद्रकाली (नीलो टोपी)को खटसँग कंकेश्वरी (रातो टोपी)को खट जुधाउने चलन छ।

ad
ad