मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंग व्यंग्य हो : राजेश हमाल(भिडियोसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

नेपाली चलचित्रका नायक राजेश हमालले ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंगात्मक रूपमा उक्त कुरा भनेको बताएका छन्। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै नायक हमालले भने,‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ’।

हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीतमा नायक हमालको अभिनय पनि रहेको छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिएका छन् ।

रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एस.के. दाहाललगायतको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनतपछि यो गीत तयार भएको बताए ।