१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४२:oo

मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका– ३ बोहोरा गाउँमा ध.२प १९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए।

बिहान पौने १० बजेतिर झिवा खोलादेखि याङम्याङतर्फ जाने क्रममा गहतेरा खोलानजिकै दुर्घटना भएको हो। मोटरसाइकल अनियन्त्रित भई सडकदेखि झन्डै दुई मिटर तल खस्दा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ad
ad