मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Sunday, 13 July, 2025
२o७८ फाल्गुण २४ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेख एमालेको अधिवेशन चैत्र १ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १७:o५:oo

खसेको मतभन्दा ३१ मत बढी देखिएपछि स्थगित गरिएको नेकपा एमाले दैलेखको चुनाव चैत्र १ र २ गते हुने भएको छ। पुस २३ गते सुरु भएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते मतदान भएको थियो।

निर्वाचनको नयाँ मिति तोक्ने अधिकार पुरानै जिल्ला कमिटीलाई प्रदान गरेसँगै मंगलबार बसेको बैठकले नयाँ मिति तोकेको दैलेख एमालेका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए।

निर्वाचनको नयाँ प्रक्रिया थालनी गरेसँगै यसअघि सर्वसम्मत चयन भएका नेताहरूसमेत पुनः निर्वाचनको प्रक्रियाबाट आउनुपर्ने केन्द्रीय निर्वाचन आयोगको निर्णयसँगै सबै पदको उम्मेदवारी मनोनयन र पुनः मतदान प्रक्रिया सुरु गरिने भएको छ। ‘अब पुनः पार्टीले पठाएको अपानीअनुसार उम्मेदवारी दर्ता हुन्छ र सबै निर्वाचन प्रक्रियाबाट टुंगोमा पुग्छ,’ जिल्ला अध्यक्ष शर्माले भने।

यसअघि रद्द गरिएको निर्वाचनमा कुल मतदाता संख्या ७२१ रहे पनि ७ सय ४८ मत खसेको थियो। पहिलो मतपेटिकामा मतपत्र धेरै देखिएपछि मत गणना नै नगरेर प्रक्रिया स्थगित गरिएको थियो।