१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भित्री कारोबार भएमा कारबाही गर्नेछु : धितोपत्र बोर्ड अध्यक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४७:oo

सेयर बजारमा भित्री कारोबार भएको थाहा पाएमा कसैले पनि उन्मुक्ति नपाउने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । सोमबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकाल रहुन्जेल भित्री कारोबारको घटना भएमा कारबाहीको दायरामा ल्याउने बताएका हुन् । ‘

म बोर्डमा रहुन्जेल भित्री कारोबारको कुनै घटना भइहालेमा कसैले पनि उन्मुक्ति पाउनेछैन,’ हमालले भने, ‘केही समयअघि एउटा कम्पनीको बोलकबोल कारोबार यही अनुमानका आधारमा रोकेका थियौँ, मेरो प्राथमिकता साना लगानीकर्ताको संरक्षणमा हुनेछ ।’ हमालले कारोबारपछिको दोस्रो दिनमा राफसाफ नगर्ने ब्रोकरलाई कारबाही गरिनेसमेत जानकारी दिएका छन् । 

धितोपत्र बोर्डको संरचनात्मक र कार्यक्षमता सुधारका लागि आफूले ६ क्षेत्रमा काम गर्ने पनि हमालले जानकारी दिए । ऐन–नियममा समसामयिक संशोधन गर्ने, वित्तीय साक्षरतामा काम गर्ने, बजारमा बन्ड, फ्युचर अप्सनजस्ता लगानी विविधीकरणका उपकरण ल्याउने, साक्षरतालगायतका लागि पुँजी बजार संस्थाको स्थापना र लगानीकर्ताको गुनासो व्यवस्थापन गर्न गुनासो सम्बन्धमा भइरहेको प्रक्रिया जानकारी दिने मोबाइल एपको विकास गर्नेसमेत बताएका छन् । 

ad
ad