१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ५ शनिबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक कांग्रेस : सभापतिमा चार जनाकाे दाबी

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४७:oo

१४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन २७–२८ फागुनमा हुँदैछ ।  सभापतिमा चार महाधिवेशन प्रतिनिधिले दाबी प्रस्तुत गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ, महाधिवेशन प्रतिनिधिद्वय प्रेमध्वज लामा र जंगबहादुर तामाङले प्रचारप्रसारलाई तीब्र पारेका छन् ।

 इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ शेखर कोइराला पक्षका एकल उम्मेदवार हुन् । दोर्जे लामा, प्रेमध्वज लामा र जंगबहादुर तामाङ तीनैजना संस्थापन पक्षधर हुन् । तरुण अध्यक्ष लामा गृहमन्त्री बालकृष्ण खाँणनिकट व्यक्ति हुन् । उनको खाँणमार्फत् प्रधानमन्त्री देउवासँग राम्रो सम्बन्ध छ । प्रेमध्वज र जंगबहादुरलाई पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतनिकट मानिन्छन् । नेताद्वयको पनि बस्नेतमार्फत् देउवासँग उठबस छ । संस्थापनबाट तीनको उम्मेदवारी पर्ने निश्चित भएकोले कोइराला पक्षका तामाङलाई सहज हुने अनुमान गरिएको छ । 

लामो समयदेखि केन्द्रीय सदस्य बस्नेत र जिल्ला सभापति विकास लामाबीच खटपट छ । संघीय क्षेत्र नं. १ मा संस्थापन पक्षधर केन्द्रीय नेता बस्नेत  र २ मा कोइराला पक्षधर लामाको प्रभाव छ । संस्थापन पक्षका तीनैजना दाबेदार १ नं. क्षेत्रका हुन् भने कोइराला पक्षका तामाङ २ नं. संघीय क्षेत्रका हुन् ।

  पाँच पटकसम्म घोषणा हुँदै स्थगित भएको जिल्ला अधिवेशन यसपटक सम्पन्न गर्नैपर्ने दबाबमा जिल्ला पार्टी रहेको सभापति विकास लामाले बताए । अधिवेशनको सबै तयारी लगभग पूरा भएको उनले बताए । २७ गते मनोनयन दर्ता गरेर २८ गते सदरमुकाम चौतारामा निर्वाचन सम्पन्न गराउने कार्यतालिका छ । 

ad
ad