मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २० शुक्रबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक लेखा समितिको मस्यौदा प्रतिवेदन पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १४:o६:oo

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको हो।

बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए । उनले प्रतिवेदनमा नौवटा उपसमितिहरूले गरेका बेरुजु फर्स्याेटका कामहरू समावेश गरिएको बताए। पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणलगायतका कुराहरू यसमा समावेश रहेको बताए।

सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेस गर्नका लागि प्रस्ताव गर्ने पनि बताए। उनले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारका लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकाले अहिले उक्त प्रतिवेदन समितिमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरे।