१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मृतक वनरक्षकको परिवारलाई १० लाख

जंगली जनवारबाट मानिसलाई आक्रमण बढेको भन्दै हप्ताको ३ दिनमात्र घाँस दाउराको लागि सामुदायिक वन खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

म्याजिक भेन (चारचक्के सानो गाडी) को ठक्करबाट मृत्यु भएका वनरक्षक उदय गौतमको परिवारलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ । वरण्डाभार उपभोक्ता समितिमार्फत स्वर्गीय गौतमकी श्रीमती उमा गौतमलाई बुधबार वातावरणमैत्री योजना तर्जुमा तथा संरक्षण विषयक समन्वय तथा अन्तर्क्रिया कार्यक्रमको अवसरमा १० लाखको चेक हस्तान्तरण गरिएको हो । 

बेलसार सामुदायिक वनमा कार्यरत वनरक्षक उदयलाई ९ पुसमा वनबाट घर फर्कने क्रममा म्याजिकले ठक्कर दिँदा ४८ वर्षको उमेरमा मृत्यु भएको थियो । भरतपुर– १३, गंगानगर घर भएका उनी उक्त सामुदायिक वनमा १८ वर्षदेखि कार्यरत थिए ।

वन हेरालुहरूको जोखिम कम गर्न वरण्डाभार उपभोक्ता समितिमार्फत शिखर इन्सुरेन्समा बिमा गरिएको र बिमाबापतको रकम परिवारलाई हस्तान्तरण गरिएको वरण्डाभार उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष देवराज सापकोटाले बताए ।  सापकोटाका अनुसार समितिले आठवटा सामुदायिक वनका  २४ जना वन हेरालुको बिमा गराएको छ । 

तीन दिन मात्र सामुदायिक वन खुल्ने 
घाँस–दाउराका लागि सामुदायिक वनमा जाने मानिसलाई जंगली जनावरले आक्रमण गरेको घटना बढ्दै गएपछि वरण्डाभार उपभोक्ता समितिअन्तर्गतका बाटुली पोखरी, दक्षिणकाली र नवज्योति सामुदायिक वनले तीन दिन मात्र घाँस–दाउराका लागि उपभोक्तालाई अनुमति दिने भएको छ । 

जसअनुसार सोमबार, बुधबार र शुक्रबार मात्र सामुदायिक वन खुल्नेछन् । पर्या–पर्यटनको गतिविधि भने नियमित हुने सापकोटाले बताए । ‘धेरै मानिस एकैपटक घाँस–दाउराका लागि वनमा जाँदा तुलानात्मक रूपमा जोखिम कम हुने भएकाले सामुदायिक वनकै अनुरोधमा यो नियम आएको हो,’ सापकोटाले भने, ‘अन्य सामुदायिक वनमा पनि यसको सिको हुँदै जानेछ ।’ 

बुधबा रनै चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र वरण्डाभार उपभोक्ता समितिले आयोजनामा वातावरणमैत्री योजना तर्जुमा तथा संरक्षण विषयक समन्वय तथा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो ।