Skip This
शिवरात्रिका अवसरमा  पाँच किलोमिटर दौड प्रतियोगितामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शिवरात्रिका अवसरमा  पाँच किलोमिटर दौड प्रतियोगितामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा जुम्लामा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ कल्पना बुढा र पुरुषतर्फ प्रकाश कठायत प्रथम भएका छन् ।  ४० वर्षमुनि र ४० वर्षमाथि उमेर समूहका खेलाडीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो । ४० वर्ष मुनिको पाँच किलोमिटर दौडमा महिलातर्फ बुढा प्रथम भएकी हुन् । यसै विधामा राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भइन् । 

प्रतियोगिताको आयोजना श्री नम्बर २४ बाहिनी अड्डा जुम्ला र नन्दाबक्स गण जुम्लाको संयुक्त रूपमा गरेका थिए । ४० वर्षमुनिकै पुरुष दौड प्रतियोगितामा कर्णाली स्पोर्टस् क्लबका प्रकाश कठायत प्रथम भएका छन् । उनले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीलाई पछि पार्दै पाँच किलोमिटर दूरी २१ मिनेट २० सेकेन्डमा पार गरेका थिए । द्वितीयमा दीपेन्द्र बोहोरा र तृतीय शेरबहादुर अधिकारी भएको नेपाली सेनाले जनाएको छ ।

४० वर्षमाथिका पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भएका छन् । द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका हुन् । प्रथम हुनेलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ प्रदान गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।

नेपाली सेनाको खेलमैदान टुँडिखेलबाट सुरु भएको पाँच किलोमिटर दौड मानव चोक, खोलीकोट चोक, पौवा होटेल, कालेखोली चोक, सिमाचौर, बसपार्क, ट्राफिक चोक, विजयनगर, जिप्रका, कभर्डहल हुँदै टुँडीखेल मैदानको माथिल्लो गेटमा समापन भएको थियो ।