मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुभएन : देव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन् । प्रधानन्यायाधीश जवराविरुद्व दर्ता भएको महाभियोग प्रस्तावका प्रस्तावक गुरुङले जबराले संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसकेको बताएका हुन्।

‘उहाँविरुद्व लामो समयदेखि आन्दोलन भइरहेको छ। अनियमितताका कुरा उठेका छन्,’ गुरुङले भने, ‘प्रधानन्यायाधीशले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुभएन। यसैले महाभियोग लगाउनुपर्ने अवस्था आयो।’

आइतबार जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । दर्ता भएको महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन्। प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।