१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचन तयारी : दुवै प्रहरीमा  केन्द्रीय निर्वाचन सेल गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o८:oo

स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा बिहीबार सेल गठन भएको छ । प्रहरी निर्वाचनको सुरक्षा तयारीमा लागिसकेको र त्यसका लागि केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुबहादुर केसीले बताए । 

सुरक्षा, म्यादी प्रहरीको भर्ना, बजेट तथा आवश्यक बन्दोबस्तीका सामानका लागि अन्य तीन उपसमितिसमेत गठन गरिएका छन् । गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन दिइसकेको छ । जसअनुसार प्रहरी निर्वाचनको तयारीमा जुटेको छ । 

सशस्त्र प्रहरीले कार्य तथा सीमा सुरक्षा विभागका डिआइजी कालिदास धौवजीको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । निर्वाचनमा सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछ । मतदान केन्द्रको बाहिरी घेरामा सशस्त्र प्रहरी खटिनेछ । 

गृह मन्त्रालयले निर्वाचनका लागि नेपाल प्रहरीले  १३ अर्ब ३४ करोड तथा सशस्त्र प्रहरीले तीन लाख ५७ बजेट माग गरेको छ । सुरक्षाका लागि आवश्यक बजेट गृहले शुक्रबार अर्थ मन्त्रालयसँग माग गरिसकेको छ ।

ad
ad