मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:५६:oo

नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघ निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनिक भएलगत्तै महासंघले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो ।

कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेको तथ्य पेस गर्दै महासंघले  बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको जनाएको छ ।

बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको उल्लेख गर्दै महासंघले असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुनः बढेमा यो क्षेत्र थप धराशयी हुने र उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने हो कि भन्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

हरेक त्रैमासमा निक्षेपमा ब्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नभएको महासंघले ठहर गरेको छ । ब्याज दरमा अस्थिरता कायम रहंँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने महासंघको बुझाइ छ । ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा आफू विश्वस्त रहेको भन्दै महासंघले यीलगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने स्पष्ट पारेको छ ।

व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लोपटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने तथा आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ महासंघले  सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

अनपेक्षित रूपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरसमेतमा वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघले राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गरेको छ ।

थलिएका उद्योग व्यवसायलाई सुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।