१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री-अर्थमन्त्री भेट : सुरक्षा निकायका लागि सवारी र बन्दोबस्तीका सामान खरिदबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o१:oo

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए।
 
सहसचिव भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी रहेका थिए।

गृहमन्त्री खाणले निर्वाचनको कामलाई घनीभूत रूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्। अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइनहुने विषयवस्तुबारे अवगत गराइने बताएका थिए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन्।

ad
ad