१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिगको अन्तिम  खेल १४ फागुनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल १४ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगमा बाँकी रहेको चार चरण खेल सार्वजनिक गरेको हो । दशरथ रंगशालामा लिगको अन्तिम खेल नै १४ फागुनमा हुने एन्फाले जनाएको छ । घरेलु खेलाडीले मोरिससविरुद्धको मैत्रीपूर्ण तथा पोखरा गोल्डकपमा सहभागिता जनाउनुपर्ने भएकाले लिग रोकिएको थियो ।

लगभग दुई साताका लागि रोकेको लिग शुक्रबारदेखि सुरु हुनेछ । एन्फाले दशरथ रंगशाला र सातदोबोटोस्थिति एन्फा कम्प्लेक्समा लिग हुने जनाएको छ । एन्फाका अनुसार ३ देखि ७ फागुनसम्म १२औँ चरण खेल हुनेछ । लिगको अन्तिम चरणको खेल १२, १३ र १४ फागुनसम्म चल्नेछ । नवौँ चरणमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच खेल हुन बाँकी छ । च्यासलका अधिकांश खेलाडी संक्रमित भएपछि पुलिसविरुद्धको खेल रोकेको थियो । नवौँ चरणसम्म साविक विजेता मच्छिन्द्र फुटबल क्लब २३ अंकका साथ शीर्ष स्थानमा छ । 

मच्छिन्द्रले नौ खेलमा सात जित र दुई बराबरी नतिजा निकालेको छ । सातौँ चरणमा शीर्ष स्थानमा रहँदै मच्छिन्द्र एएफसी कप छनोटमा स्थान पक्का गरेको थियो । दोस्रो स्थानमा सर्वाधिक विजेता मनाङ मस्र्याङ्दी क्लब रहेको छ । लिगको छैटौँ चरणमा मच्छिन्द्रसँग १–० ले स्तब्ध भएको मनाङको १९ अंक छ । मनाङले नौ खेलबाट ६ जित, दुई हार तथा एक ड्र नतिजा हात पारेको छ ।

तेस्रो स्थानमा साविक उपविजेता त्रिभुवन आर्मी रहेको छ । आर्मीले नौ खेलमा १७ अंक बनाएको छ । आर्मीले समान चार जित बराबरी र एक हारको सामना गरेको छ । छैटौँ चरणदेखि उत्कृष्ट प्रदर्शन गरेको पूर्वविजेता थ्री स्टार १६ अंकका साथ चौथो स्थानमा छ । थ्री स्टारले चार जित र पाँच बराबरी खेलेको छ । संकटाले पाँचौँ स्थानमा रहँदा १४ अंक बटुलेको छ । संकटाले लिगमा तीन जित, पाँच बराबरी र एक हार नतिजा निकालेको छ । 

ad
ad