१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ दलहरू नै एमसिसीबारे बोल्न चाहँदैनन्, एमालेलाई दोष दिन्छन् : पद्मा अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले सरकारमा रहेका दलहरूले नै एमसिसीबारे बोल्न नचाहेका बताएकी छिन्। आइतबार प्रेस चौतारी नेपाल बाग्लुङ शाखाले आयोजना गरेको कार्यक्रममा उनले अहिले आएर एमसिसीबारे एमालेलाई दोषी देखाइएको बताइन्। सरकारले चाहे एमसिसी बहुमतले पास गर्न सक्ने भन्दै उनले यसमा एमालेको आवश्यकता नपर्ने बताइन्।

‘सरकारमा रहेका दलहरूले नै एमसिसीको विषयमा बोल्न चाहेका छैनन्,’ अर्यालले भनिन्, ‘अहिले एमालेका कारण भनेर दोषारोपण गरेका छन्। संसदमै नआएको विषयवस्तुमा नेकपा एमाले कसरी बोल्ने ? अहिले यो विषयमा एमाले बोल्न पनि चाहँदैन। गठबन्धनकै १६५ सिट छ। त्यो बहुमत हो। एमसिसी पास गर्न चाहेको भए पास गरे भयो।’

पूर्वमन्त्रीसमेत रहेकी अर्यालले संसदमा पेस भएर छलफलमा बोलाए मात्रै प्रतिपक्षको हैसियतले एमाले बोल्ने बताइन्। उनले एमाले फुटाउने प्रमुख मतियार सभामुख अग्निप्रसाद सापकोटा रहेको आरोप लगाइन्। सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुखसमेत बनेको उनको आरोप छ।

‘निर्वाचनको मिति छिटो तोक्नुपर्दछ’
सचिव अर्यालले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेकी छिन्। संविधान र कानुनले तोकेअनुसार बेलैमा निर्वाचन हुनुपर्नेमा उनले जोड दिएकी छिन्। ‘स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन। अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन,’ उनले भनिन्। 

संविधानको कार्यान्वयनमा कुनै पनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने भन्दै उनले कानुन बचाउन एमाले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिइन्।