१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारपीडितको गुनासो सम्बोधन गर्न विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:४४:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको गुनासोलाई समयमै सम्बोधन गर्न विभागलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको समस्या समाधानका लागि ढिलो नगर्न निर्देशन दिएका हुन्।

आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै उनले विभागका कर्मचारीहरूलाई कार्यशैली सुधार गर्न पनि निर्देश गरे।

‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरू आउँदा समयमा उहाँहरूलाई रेस्पोन्स लिइदिनुस्। रेस्पोन्स लिँदा पनि के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिँदा पनि ५० प्रतिशत उसको घाउमा मल्हम लाग्छ। सचिवज्यू र म अहिले आएर हेर्दाखेरी तपाईंहरूको कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कै पनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो। यसलाई सुधार्नुस्,’ मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरूलाई छलफल गरी मन्त्रालयमा पेस गर्न आग्रह गरेका छन्।

ad
ad