१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o९:oo

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाैंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट दुईवटा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर घर भई चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समीर तामाङ रहेका छन ।

प्रहरीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बा.प्र.०२–०२५ प १३१८ नम्बर हालेको अवस्थामा कालो रातो रङको २२० सिसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । अनुसन्धानपश्चात् वास्तविक नम्बर बा.प्र.०२– ०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही पुस १४ गते भक्तपुर नीलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकलधनीलाई सम्पर्क गरेको प्रहरीले जनाएको छ । तामाङलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी ललितपुरको सानेपाबाट बा.९८प ७९६१ नम्वरको कालो सेतो रङको २०० सिसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अनुसन्धानपश्चात् सो मोटरसाइकलको वास्तविक नम्बर बा.९९प ४८८२ भएको र काठमाडाैंस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन परेको थियो । 

मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।
 

ad
ad