१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१६औँ संस्करणको पोखरा म्याराथन दुई चरणमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४१:oo

आगामी ७ फागुनमा हुने १६औँ संस्करणको पोखरा म्याराथन दुई चरणमा हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै म्याराथनसँगै आयोजना गरिने ६ विधाका दौडमध्ये ७ फागुनमा दुई विधा र १२ चैतमा चार विधा गर्न लागिएको हो । 

म्याराथनअन्तर्गत मुख्य विधा ४२.१९५ किमि खुला म्याराथन र महिलातर्फको २१ किमि अर्थात् हाफ म्याराथन ७ फागुनमा हुनेछ । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले म्याराथन आयोजना गरेको हो । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीको उत्पादन सफल दूधले म्याराथनमा मुख्य प्रायोजनको जिम्मेवारी लिएको छ । 

आयोजक मञ्चको बैठकले म्याराथन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । प्रतियोगितामा धेरै भीड नहोस् र स्वास्थ्य सतर्कता अपनाउँदै प्रतियोगितालाई दुई भागमा विभाजित गरेको उनको भनाइ छ । यसअघिका म्याराथनमा रन फर फनसँगै प्रतियोगीहरू गरी करिब पाँच हजारजनाको सहभागिता रहने गर्दथ्यो । 

खुला म्याराथनका विजेताले चार लाख, दोस्रोेले दुई लाख, तेस्रोले एक लाख र सान्त्वना हुनेले ३० हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी, महिलातर्फको हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार नगद पुरस्कार पाउने मञ्चका आर्थिक व्यवस्थापन संयोजक महेश पौडेलले जानकारी दिए । 

म्याराथनसँगै विभिन्न ६ विधाका प्रतियोगितात्मक दौडमध्ये १२ चैतमा विभिन्न चार विधाका दौड हुनेछन् । चार विधामध्ये १२ चैतमा महिला÷पुरुष १० किमि दौड हुनेछ । सोही दिन ह्विल चेयर र दृष्टिविहीन महिला–पुरुष दौडसमेत हुनेछ । यसैगरी, प्रतियोगितामा छात्र–छात्रा पाँच किमि दौडसमेत १२ चैतमा हुनेछ । 

ad
ad