१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Friday, 09 May, 2025
२o७८ माघ १८ मंगलबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार १५:३५:oo

बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले सधैँ मलको हाहाकार हुने गरेकाले सरकारले कारखाना स्थापनालाई तीव्रता दिने योजना अघि सारेको बताए। उनले  भने, ‘मलकै कारण सरकारमाथि सधैँ किसान रुष्ट हुने गरेका छन्। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’

केही समयअघि चासो राखेको थाई कम्पनीले प्रदेश सरकारसँग नियमित दुई सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने सर्त राखेको थियो। ‘उनीहरूको एउटा मात्रै माग बिजुलीको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् खपत नभइरहेको अवस्थामा हामीले विद्युत् प्राधिकरणसँग सल्लाह गरेर मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापनाको पहल गर्ने निर्णय गरेका छौँ।’ खनालले कारखाना स्थापना गर्ने स्थानबारे सरकारले विज्ञ टोलीसँग छलफल गर्ने बताए।

हेटौँडा, चितवन र सिन्धुली क्षेत्रमा कारखाना स्थापनाका लागि थाइल्यान्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने भन्दै सरकारले यसअघि पनि निर्णय गरेको थियो। तर, त्यो निर्णय हालसम्म कार्यान्वयन भएको छैन।