१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २९ शनिबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्णयपुस्तिका च्यातेको अभियोगमा एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १६:३८:oo

बाजुराको त्रिवेणी नगरपालिका– ७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णयपुस्तिका च्यातेको तथा कर्मचारी र जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको उजुरीपछि थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिए।

वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा उजुरी परेको छ। विष्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गत सोमबार (माघ १० गते) को कार्यपालिका बैठकको निर्णय दिन थापा र विष्टसहित ६ जना वडाध्यक्ष र तीन कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहलगायतलाई धम्की दिएको स्रोतको दाबी छ। नगर प्रमुख रामसिंह रावलले एकलौटी निर्णय गरेको भन्दै ६ जना वडाध्यक्षले ११ गते विज्ञप्ति निकाली कार्यालयमा तालाबन्दी गरेका थिए।

रामचन्द्र पौडेल पक्षका रावल नेपाली कांग्रेस बाजुराका सभापति छन्। पक्राउ परेका थापा र प्रहरीले खोजी जारी राखेका विष्ट पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको छ।

त्रिवेणी नगरपालिकामा स्थानीय तह निर्वाचनको केही समय पछिदेखि नै विवाद र तालाबन्दीको शृंखला सुरु भएको हो। नगरपालिकाले निष्पक्ष छानबिन गरी गल्ती गर्नेलाई कारबाहीको माग गरेको छ।

ad
ad