१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्रमा एआइजीको  दरबन्दी थप हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२९:oo

सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी)को एक दरबन्दी थप्ने तयारी गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर नयाँ विभाग गठन गरी एआइजी दरबन्दी थप्न लागिएको हो ।

दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालय स्रोत बताउँछ । सशस्त्र प्रहरीमा हाल एआइजीको दुई दरबन्दी छ । एआइजीको दरबन्दी थप्न पटक–पटक प्रयास हुँदै आएको छ । संगठनभन्दा पनि व्यक्तिलाई केन्द्रित गरी अहिले दरबन्दी थप्ने प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।

सशस्त्रका दुई डिआइजी खड्ग राई र मन्दीप श्रेष्ठले पदावधिका कारण यही महिना अवकाश पाउँदै छन् । एआइजीमा बढुवा भए जागिर लम्बिने भएकाले व्यक्तिकै लागि दरबन्दी थप्न लागिएको स्रोत बताउँछ । गृह मन्त्रालयले नेपाल प्रहरीमा पनि एआइजीको दरबन्दी थप्ने प्रक्रिया अघि बढाइसकेको छ । प्रहरी प्रधान कार्यालयले एआइजीको तीन दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको हो । तर, संख्या अझै बढाउन बढुवाका आकांक्षी डिआइजीहरूले लबिङ गरिरहेका छन् । 

सुरक्षा निकायमा हचुवाका भरमा पटक–पटक उच्च पदको संख्या थपघट हुँदै आएको छ । केपी ओली सरकारले एआइजीको दरबन्दी घटाएर नेपाल प्रहरीमा तीन तथा सशस्त्र प्रहरीमा दुई मात्र राख्ने निर्णय गरेको थियो ।

ad
ad