मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री झाँक्रीद्वारा आधा महिनाको तलब पत्रकार विश्वकर्माको परिवारलाई सहयोग  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहयोग गरेकी छिन्। मन्त्री झाँक्रीले आफ्नो आधा महिनाको तलब विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैंकको खातामा ट्रान्सफर गरी सहयोग गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेका अनुसार उनले ३२ हजार रुपैयाँ विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैंकको खातामा  ट्रान्सफर गरी सहयोग गरेकी हुन्। मन्त्री झाँक्रीले अस्पतालको लापरबाही र आर्थिक अभावकै कारण मृत्यु भएको विषय बाहिरिएकाले यसबारे  सत्यतथ्य बाहिर आउनुपर्नेमा समेत जोड दिएको सचिवालयले जनाएको छ। टिभी टुडेमा कार्यरत २४ वर्षीय पत्रकार विश्वकर्माको गत बिहीबार बिहान पाटन अस्पतालमा मृत्यु भएको थियो।