निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
२०७८ माघ ११ मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्ला कारागारका कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाटमा राेक

Read Time : < 1 मिनेट
२०७८ माघ ११ मंगलबार १०:१७:००

कोरोना संक्रमण बढेसँगै जुम्ला कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाटमा राेक लगाएकाे छ । कारागारका जेलर विष्णुबहादुर महतले भेटघाटबाट कोरोना फैलन सक्ने भन्दै तत्कालका लागि प्रत्यक्ष  भेटघाट बन्द गरिएको बताए ।

‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष रूपमा भेटघाट बन्द गरिएको हो । तर, कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट भने कैदीबन्दी र उनीहरूका आफन्तले कुराकानी भने गर्न पाउनेछन्,’  उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग प्रत्यक्ष भेटघाटमा रोक लगाएका छौँ ।’

अहिले पनि यस कारागारमा १६ जना कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको र जिउ दुख्ने लक्षण देखिएको छ । बिरामी भएका बन्दीलाई औषधि चलाइएको कारागारका अहेव महेश महतले बताए । 

दोस्रो कोरोना संक्रमणको लहरमा १४ जना कैदीबन्दी संक्रमित भएका थिए जसमध्ये एकजनाको मृत्यु भएको थियो । अहिले कारागारमा एकजना महिलासहित एक सय १५ जना कैदीबन्दी रहेका छन् । 

जुम्लामा संक्रमित ६० पुगे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड– १९ संक्रमण देखिएको छ । जसमध्ये चारजना अस्पतालमा उपचाररत छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्।