निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
मार्क एन केट्ज
२०७८ माघ १० सोमबार ०८:४३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के संयुक्त राज्य अमेरिका संयुक्त नै रहला ?

Read Time : > 5 मिनेट
मार्क एन केट्ज
२०७८ माघ १० सोमबार ०८:४३:००

थुप्रै चिनियाँ विद्वान्हरू ढिलोचाँडो अमेरिकामा आन्तरिक विभाजन आउनेमा ढुक्क देखिन्छन्


कुनै वेला राज्यहरू आफ्नो भूभागको महत्वपूर्ण हिस्सा गुमाउन पुग्छन् । बाह्य अतिक्रमण, अलगाववाद निम्त्याउने आन्तरिक राजनीतिक संघर्ष वा दुवै बाह्य एवं आन्तरिक दबाबका कारण राज्यले आफ्नो भूभाग गुमाउन पुग्छ । र, कहिलेकाहीँ गुमाएको भूभाग अधिकांश वा पूरा हिस्सामा राज्यले पुनः नियन्त्रण हासिल पनि गर्छन् । अमेरिका, चीन र रुसमा यस्तो पुनः नियन्त्रण भएको देख्न सकिन्छ ।    

अमेरिकाको उत्तर र दक्षिण क्षेत्रबीच दासता र अन्य मुद्दामा भएको वर्षौंको राजनीतिक खिचातानीका कारण अधिकांश अमेरिकाका दक्षिणी राज्यहरू सन् १८६० मा अब्राहम लिंकन निर्वाचित हुँदा टुक्रिएर ‘कन्फिडिरेसी’ बनेको थियो । क्रूर गृहयुद्धपछि अन्ततः सन् १८६५ मा पराजित कन्फिडिरेसी अमेरिकामा विलीन भयो । २०औँ शताब्दीको सुरुवातमा भएको चिनियाँ क्रान्तिले मन्चु वंशलाई सत्ताच्यूत गरेपछि चीन विभिन्न हिस्सामा विभक्त भयो, जसलाई युद्ध सरदारहरूले नियन्त्रण गरेका थिए । तर, सन् १९२० मा कोमिन्ताङको उदयपछि यो विभाजन उल्टियो ।

रुसी साम्राज्य पनि जार निकोलस–द्वितीयको पतन र जर्मन सैन्य आक्रमणपछि धराशयी भएको थियो । सन् १९१८ को ब्रेस्ट–लिटभ्स्क सन्धिपछि रुसले जारशासित पश्चिमी रुस गुमाए पनि विश्वयुद्धमा जर्मन साम्राज्यको हारपछि बोल्सेभिकहरूले जबर्जस्ती गुमेको भूमि फिर्ता ल्याएका थिए । सन् १९३० मा मन्चुरियामा र सन् १९३७ मा बाँकी चीनमा भएको अतिक्रमणले चिनियाँ एकतालाई मात्र नभई चीनको स्वतन्त्र राज्यको हैसियतलाई समेत जोखिममा पारेको थियो । सन् १९४५ मा जापानको हार र सन् १९४९ मा माओवादी साम्यवादको उदयसँगै चीन पुनः एकीकरणमा (ताइवानबाहेक) गयो र शक्तिशाली मुलुकका रूपमा उदायो । 

सन् १९४१ मा नाजी जर्मनीको अतिक्रमणले सोभियत संघलाई झन्डै तहसनहस बनाएको थियो तर लाल सेनाको अभूतपूर्व प्रयास एवं अमेरिकी र बेलायती सैन्य सहयोगका कारण मस्कोले सोभियत क्षेत्रबाट जर्मन शक्तिलाई लखेट्न सफल भयो । तत्पश्चात् सोभियत संघले अतिरिक्त भूभागमा नियन्त्रण जमाउन र आफ्नो प्रभाव बढाउन पनि सफल भयो । झन्डै आधा शताब्दीपछि शीतयुद्धले धराशयी बनाएको अर्थतन्त्र, गैररुसी राष्ट्रवादको बढ्दो प्रभाव र आदिवासी रुसी जनसंख्याको संकुचनलगायत कारणले सन् १९९१ मा सोभियत संघको विधिवत् विघटन भयो । हालका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गुमाएको क्षेत्र युक्रेनको हिस्सा क्रिमियालाई पुनः नियन्त्रणमा लिएका छन् र क्रिमियाबाहेकका क्षेत्रमा पूर्ण–नियन्त्रण नभए पनि प्रभाव जमाउन सफल भएका छन् । रुसको प्रभाव बढाउने र नियन्त्रण जमाउने प्रक्रिया अझै जारी नै रहेको छ ।

भूभाग गुमाउनु वा सरकारको पतनले शक्तिराज्य रहिरहने क्षमतालाई कमजोर वा अन्त्य नै गरिदिन सक्छ । यसरी भूभाग गुमाउनुले कहिलेकाहीँ अन्य शक्तिराज्यसँग आश्रित एवं अधीनस्थ हुनुपर्ने अवस्था पनि निम्त्याइदिन्छ । यद्यपि राज्यको पुनस्र्थापनाले राज्यलाई पुनः शक्तिराज्यका रूपमा उभ्याउने गर्छ । चीन र रुसलाई उदाहरणका रूपमा लिन सकिन्छ । सामान्यतया सरकारहरू आफ्ना शक्तिशाली प्रतिद्वन्द्वी शक्ति राज्यहरू धराशयी भएको हेर्न चाहन्छन्, किनभने प्रतिद्वन्द्वी राज्य कमजोर हुँदा आफूअनुकूलको सरकार बन्छ वा राज्य नै टुक्रिन सक्छ ।

शीतयुद्धपछि रुस र चीन लोकतान्त्रिक मुलुक बनेर अन्ततः पश्चिमा खेमामै समाहित हुने अपेक्षा गरिएको थियो । यो अपेक्षा केवल कोरा कल्पना मात्रै साबित भयो । त्यसैगरी रुस र चीनमा कुनै न कुनै दिन अमेरिका टुक्रिने वा तहसनहस हुने अपेक्षा राख्ने एक तप्का मौजुद छ । सन् १९९८ मा रुसी प्राध्यापक इगोर पनारिनले सन् २०१० भित्र अमेरिका ६ टुक्रामा विभाजित हुने दाबी गरेका थिए र टुक्रिएको अमेरिका देखाउन नक्साको समेत निर्माण गरेका थिए । यो एक ‘ख्याली पुलाउ’भन्दा बढी केही थिएन । अहिले पनि थुप्रै चिनियाँ विद्वान्हरू अमेरिकामा आन्तरिक विभाजन आउनेमा ढुक्क नै देखिन्छन् । मैले सहभागिता जनाएका थुप्रै अफ द रेकर्ड सम्मेलनमा रुसी र चिनियाँ वक्ताहरूले अमेरिका विघटन अवश्यम्भावी रहेको भनेर भविष्यवाणी गरेका छन् ।      

अमेरिकी विभाजन कसरी सम्भव होला ? उत्तरमा जनसांख्यकीय रूपान्तरणको तर्क दिइन्छ अर्थात् सन् २०४० भित्र अमेरिकामा बहुसंख्यक श्वेतलाई गैरश्वेतले प्रतिस्थापन गर्ने बताइन्छ । तर, अमेरिकी श्वेतहरूले विशेषतः पुरातनपन्थीहरू सजिलै उदाइरहेको गैरश्वेतहरूलाई शक्ति हस्तान्तरण गर्नेवाला छैनन् । यो तप्काले आफ्नो प्रभुत्व जमाउन बल प्रयोगको मार्ग पनि अवलम्बन गर्न सक्छ । यस सन्दर्भमा अवस्था अनुकूल बने अमेरिका विभाजित हुनेछ । रुस र चीनले विभाजनपछिका नयाँ बन्ने राज्यहरूमा आफ्नो प्रभुत्व जमाउने मौका पाउनेछन् । वा, अमेरिका नटुक्रिने अवस्था अर्थात् गैरश्वेत जनसंख्यामा केही गरी श्वेत जनसंख्याको हिस्साले नियन्त्रण जमाउने अवस्था नै हुने हो भने पनि रुस, चीन र अमेरिकाका अन्य शत्रु–मुलुकलाई फाइदा नै हुनेछ अर्थात् अमेरिका मुलुकबाहिर सैन्य उपस्थिति बढाउन कम इच्छुक हुनेछ । यस्तो अवस्थामा अमेरिकाले निश्चय पनि रुस वा चीनमा लोकतन्त्रको अभाव छ भन्ने चासो पनि गर्नेछैन ।     

के अमेरिकाको भविष्यसम्बन्धीको उल्लिखित रुसी र चिनियाँ अवधारणा एक ‘ख्याली पुलाउ’ मात्रै हो ? यसको जवाफ अमेरिकी जनताले मात्रै दिन सक्छन् । तर, रुस वा चीनले अपेक्षा गरेझैँ अमेरिकाको भविष्य नकारात्मक रहने हो भने यी दुवै मुलुकले आफ्नो शक्ति महत्वाकांक्षा बढाउने प्रयत्न गर्नेछन् । यद्यपि केही गरी अमेरिकामा दरार आउने हो भने रुस र चीनझैँ अमेरिकाको पनि पुनरुत्थान हुन सक्छ । द नेसनल इन्टरेस्टबाट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

थुप्रै चिनियाँ विद्वान्हरू ढिलोचाँडो अमेरिकामा आन्तरिक विभाजन आउनेमा ढुक्क देखिन्छन्
 मार्क एन केट्ज 
(केट्ज जर्ज मेसन विश्वविद्यालयका 
राजनीतिशास्त्रका प्राध्यापक हुन्)
कुनै वेला राज्यहरू आफ्नो भूभागको महत्वपूर्ण हिस्सा गुमाउन पुग्छन् । बाह्य अतिक्रमण, अलगाववाद निम्त्याउने आन्तरिक राजनीतिक संघर्ष वा दुवै बाह्य एवं आन्तरिक दबाबका कारण राज्यले आफ्नो भूभाग गुमाउन पुग्छ । र, कहिलेकाहीँ गुमाएको भूभाग अधिकांश वा पूरा हिस्सामा राज्यले पुनः नियन्त्रण हासिल पनि गर्छन् । अमेरिका, चीन र रुसमा यस्तो पुनः नियन्त्रण भएको देख्न सकिन्छ ।    
अमेरिकाको उत्तर र दक्षिण क्षेत्रबीच दासता र अन्य मुद्दामा भएको वर्षौंको राजनीतिक खिचातानीका कारण अधिकांश अमेरिकाका दक्षिणी राज्यहरू सन् १८६० मा अब्राहम लिंकन निर्वाचित हुँदा टुक्रिएर ‘कन्फिडिरेसी’ बनेको थियो । क्रूर गृहयुद्धपछि अन्ततः सन् १८६५ मा पराजित कन्फिडिरेसी अमेरिकामा विलीन भयो । २०औँ शताब्दीको सुरुवातमा भएको चिनियाँ क्रान्तिले मन्चु वंशलाई सत्ताच्यूत गरेपछि चीन विभिन्न हिस्सामा विभक्त भयो, जसलाई युद्ध सरदारहरूले नियन्त्रण गरेका थिए । तर, सन् १९२० मा कोमिन्ताङको उदयपछि यो विभाजन उल्टियो ।
रुसी साम्राज्य पनि जार निकोलस–द्वितीयको पतन र जर्मन सैन्य आक्रमणपछि धराशयी भएको थियो । सन् १९१८ को ब्रेस्ट–लिटभ्स्क सन्धिपछि रुसले जारशासित पश्चिमी रुस गुमाए पनि विश्वयुद्धमा जर्मन साम्राज्यको हारपछि बोल्सेभिकहरूले जबर्जस्ती गुमेको भूमि फिर्ता ल्याएका थिए । सन् १९३० मा मन्चुरियामा र सन् १९३७ मा बाँकी चीनमा भएको अतिक्रमणले चिनियाँ एकतालाई मात्र नभई चीनको स्वतन्त्र राज्यको हैसियतलाई समेत जोखिममा पारेको थियो । सन् १९४५ मा जापानको हार र सन् १९४९ मा माओवादी साम्यवादको उदयसँगै चीन पुनः एकीकरणमा (ताइवानबाहेक) गयो र शक्तिशाली मुलुकका रूपमा उदायो । 
सन् १९४१ मा नाजी जर्मनीको अतिक्रमणले सोभियत संघलाई झन्डै तहसनहस बनाएको थियो तर लाल सेनाको अभूतपूर्व प्रयास एवं अमेरिकी र बेलायती सैन्य सहयोगका कारण मस्कोले सोभियत क्षेत्रबाट जर्मन शक्तिलाई लखेट्न सफल भयो । तत्पश्चात् सोभियत संघले अतिरिक्त भूभागमा नियन्त्रण जमाउन र आफ्नो प्रभाव बढाउन पनि सफल भयो । झन्डै आधा शताब्दीपछि शीतयुद्धले धराशयी बनाएको अर्थतन्त्र, गैररुसी राष्ट्रवादको बढ्दो प्रभाव र आदिवासी रुसी जनसंख्याको संकुचनलगायत कारणले सन् १९९१ मा सोभियत संघको विधिवत् विघटन भयो । हालका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गुमाएको क्षेत्र युक्रेनको हिस्सा क्रिमियालाई पुनः नियन्त्रणमा लिएका छन् र क्रिमियाबाहेकका क्षेत्रमा पूर्ण–नियन्त्रण नभए पनि प्रभाव जमाउन सफल भएका छन् । रुसको प्रभाव बढाउने र नियन्त्रण जमाउने प्रक्रिया अझै जारी नै रहेको छ ।
भूभाग गुमाउनु वा सरकारको पतनले शक्तिराज्य रहिरहने क्षमतालाई कमजोर वा अन्त्य नै गरिदिन सक्छ । यसरी भूभाग गुमाउनुले कहिलेकाहीँ अन्य शक्तिराज्यसँग आश्रित एवं अधीनस्थ हुनुपर्ने अवस्था पनि निम्त्याइदिन्छ । यद्यपि राज्यको पुनस्र्थापनाले राज्यलाई पुनः शक्तिराज्यका रूपमा उभ्याउने गर्छ । चीन र रुसलाई उदाहरणका रूपमा लिन सकिन्छ । सामान्यतया सरकारहरू आफ्ना शक्तिशाली प्रतिद्वन्द्वी शक्ति राज्यहरू धराशयी भएको हेर्न चाहन्छन्, किनभने प्रतिद्वन्द्वी राज्य कमजोर हुँदा आफूअनुकूलको सरकार बन्छ वा राज्य नै टुक्रिन सक्छ । शीतयुद्धपछि रुस र चीन लोकतान्त्रिक मुलुक बनेर अन्ततः पश्चिमा खेमामै समाहित हुने अपेक्षा गरिएको थियो । यो अपेक्षा केवल कोरा कल्पना मात्रै साबित भयो । त्यसैगरी रुस र चीनमा कुनै न कुनै दिन अमेरिका टुक्रिने वा तहसनहस हुने अपेक्षा राख्ने एक तप्का मौजुद छ । सन् १९९८ मा रुसी प्राध्यापक इगोर पनारिनले सन् २०१० भित्र अमेरिका ६ टुक्रामा विभाजित हुने दाबी गरेका थिए र टुक्रिएको अमेरिका देखाउन नक्साको समेत निर्माण गरेका थिए । यो एक ‘ख्याली पुलाउ’भन्दा बढी केही थिएन । अहिले पनि थुप्रै चिनियाँ विद्वान्हरू अमेरिकामा आन्तरिक विभाजन आउनेमा ढुक्क नै देखिन्छन् । मैले सहभागिता जनाएका थुप्रै अफ द रेकर्ड सम्मेलनमा रुसी र चिनियाँ वक्ताहरूले अमेरिका विघटन अवश्यम्भावी रहेको भनेर भविष्यवाणी गरेका छन् ।      
अमेरिकी विभाजन कसरी सम्भव होला ? उत्तरमा जनसांख्यकीय रूपान्तरणको तर्क दिइन्छ अर्थात् सन् २०४० भित्र अमेरिकामा बहुसंख्यक श्वेतलाई गैरश्वेतले प्रतिस्थापन गर्ने बताइन्छ । तर, अमेरिकी श्वेतहरूले विशेषतः पुरातनपन्थीहरू सजिलै उदाइरहेको गैरश्वेतहरूलाई शक्ति हस्तान्तरण गर्नेवाला छैनन् । यो तप्काले आफ्नो प्रभुत्व जमाउन बल प्रयोगको मार्ग पनि अवलम्बन गर्न सक्छ । यस सन्दर्भमा अवस्था अनुकूल बने अमेरिका विभाजित हुनेछ । रुस र चीनले विभाजनपछिका नयाँ बन्ने राज्यहरूमा आफ्नो प्रभुत्व जमाउने मौका पाउनेछन् । वा, अमेरिका नटुक्रिने अवस्था अर्थात् गैरश्वेत जनसंख्यामा केही गरी श्वेत जनसंख्याको हिस्साले नियन्त्रण जमाउने अवस्था नै हुने हो भने पनि रुस, चीन र अमेरिकाका अन्य शत्रु–मुलुकलाई फाइदा नै हुनेछ अर्थात् अमेरिका मुलुकबाहिर सैन्य उपस्थिति बढाउन कम इच्छुक हुनेछ । यस्तो अवस्थामा अमेरिकाले निश्चय पनि रुस वा चीनमा लोकतन्त्रको अभाव छ भन्ने चासो पनि गर्नेछैन ।     
के अमेरिकाको भविष्यसम्बन्धीको उल्लिखित रुसी र चिनियाँ अवधारणा एक ‘ख्याली पुलाउ’ मात्रै हो ? यसको जवाफ अमेरिकी जनताले मात्रै दिन सक्छन् । तर, रुस वा चीनले अपेक्षा गरेझैँ अमेरिकाको भविष्य नकारात्मक रहने हो भने यी दुवै मुलुकले आफ्नो शक्ति महत्वाकांक्षा बढाउने प्रयत्न गर्नेछन् । यद्यपि केही गरी अमेरिकामा दरार आउने हो भने रुस र चीनझैँ अमेरिकाको पनि पुनरुत्थान हुन सक्छ ।    
द नेसनल इन्टरेस्टबाट