१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका इस्लामाबाद
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इस्लामाबाद एयरपोर्टका एक सय कर्मचारी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

पाकिस्तानको राजधानी इस्लामाबादस्थित विमानस्थलमा करिब एकसय कर्मचारी कोरोना संक्रमित भएका छन्। पाकिस्तानमा कोरोना भाइरस संक्रमित बढिरहेका वेला इस्लामाबाद एयरपोर्ट उच्च अधिकारीसहितका एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

इस्लामाबाद एयरपोर्टमा सुरुमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) टावरका केही अफिसरहरूमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको थियो। त्यसपछि विमानस्थलमा रहेका अन्य अधिकारी र कर्मचारीहरूमा संक्रमण फैलिएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमित कर्मचारीमा एटिसी सञ्चालक, सहनिर्देशक, सहायक निर्देशक र एटिसी कन्ट्रोललगायतका वरिष्ठ अधिकारी रहेका छन्। जानकार अधिकारीहरूका अनुसार इस्लामाबाद एयरपोर्टमा रोकथामका प्रभावकारी उपायहरू नअपनाइएका कारण संक्रमण थप फैलिने खतरा बढेको छ। सञ्चारमाध्यमहरूका अनुसार इस्लामाबाद विमानस्थलमा हजारौँ यात्रुको कोभिड–१९ परीक्षण भइरहेको छ।

इस्लामाबाद एयरपोर्टमा पूर्ण क्षमतामा विमानहरू सञ्चालन भइरहेका छन्। जसका कारण भिडभाड बढेको भन्दै विमानस्थल अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानमा महामारीको सुरुवात पछिको सबैभन्दा उच्च संक्रमणदर देखिएको छ। एजेन्सी