
एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । जसअनुसार अलिपे प्लस नेटवर्क प्रयोग गर्ने विश्वका विभिन्न देशका पर्यटक नेपाल अउँदा उनीहरूले नेपालपे क्युआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्नेछन् । यससम्बन्धी सम्झौतापत्रमा बैंकका सिइओ जयन्द्र रावल र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
अलिपे प्लसमा जोडिएका ११ भन्दा धेरै देशका नागरिकले नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्नेछन् ।
अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनीलगायत देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आबद्ध छन् । यो सहकार्यले देशको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।