Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर
२०७८ माघ ७ शुक्रबार ०८:४२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

Read Time : > 1 मिनेट
२०७८ माघ ७ शुक्रबार ०८:४२:००

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो ।

कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेको प्रहरी तथ्यांकले देखाएको छ । तर, बढ्दो मानवीय क्षति रोक्न खासै पहल भएको छैन । नागरिक समाजका अध्यक्ष राजबहादुर महत दुर्घटना न्यून गराउन सम्बन्धित पक्षले खासै ध्यान नदिएको बताउँछन् । महतका अनुसार सडकको स्तर वृद्धि नहुनु, चालकले लापरबाही गर्नु, क्षमताभन्दा बढी यात्रु बोक्नु, पुराना भइसकेका सवारीसाधन पनि चलाइनु र सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच नगर्नुले दुर्घटना बढेका हुन् । 

सडक दुर्घटना कम गर्न निरन्तर अभियान चलाइरहेको प्रहरीको दाबी आउने गरेको छ । तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा औसतमा सातजनाको ज्यान जाने गरेको छ । दुर्घटनाको कारण खोजी न्यूनीकरण गर्न कसैले चासो नराखेको उनले दाबी गरे । ‘सडक दुर्घटनाको अनुसन्धान पनि हुँदैन । कोही ठूलाबडा परिहाले भने अनुसन्धान हुने हो । त्यो पनि विज्ञहरू राखेर हुँदैन । त्यसले के प्रस्ट हुन्छ भने कर्णाली राजमार्ग मात्र नभई देशमै सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको देखिँदैन,’ महतले नयाँ पत्रिकासँग भने । 

प्रहरीको तथ्यांकअनुसार जुम्ला सडकखण्डमा आर्थिक वर्ष 
०७१/७२ मा ६ वटा सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको थियो भने ३४ जना गम्भीर घाइते भएका थिए । ०७२/७३ मा ६ को मुत्यु, १७ जना घाइत, ०७३/७४ मा ११ जनाको मृत्यु, १० जना घाइते भए । ०७४/७५ मा १३ जनाको मृत्यु भयो भने ०७५/७६ मा ६ जनाले ज्यान गुमाए, नौजना घाइते भए । ०७६/७७ मा १५ वटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भयो भने सातजना घाइते भए । ०७७/७८ मा ३२ सवारी दुर्घटना भयो । जसमा, चारजनाको मृत्यु र ४० जना घाइते भए । चालू आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट नौजनाको मृत्यु भइसकेको छ भने त्यति नै घाइते भएका छन् । 

जुम्ला खण्डमा ०७१ देखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ । एक सय २५ जना घाइते भएका छन् । ट्राफिक कार्यालय कर्णाली प्रदेशका अनुसार ०६६/६७ देखि चालू आर्थिक वर्षको हालसम्म चार सय ३२ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाबाट एक सय ५५ पुरुष, ३१ महिला, ११ नाबालक गरी एक सय ९७ जनाको मृत्यु भएको ट्राफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

यो तथ्यांक कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाको मात्र भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले बताए । उनका अनुसार सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ । कच्ची सडक त्यसैमा साँघुरो एवं तीव्र गतिमा सवारी गुडाउनु र सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको छ ।