१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ सय किसानको कृषि मिटरको महसुल नगरपालिकाले तिरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३९:oo

सिराहाको गोलबजार नगरपालिकाले नगर क्षेत्रमा चलाएको कृषि मिटरको महसुल तिरिदिने भएको छ । नगर कार्यपालिकाको २९ पुसको बैठकले १ माघदेखि लागू हुने गरी नगर क्षेत्रभित्रका किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिदिने निर्णय गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । 

कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने नगर प्रमुख साहले बताए । ‘त्यसका लागि प्राधिकरणसँग नगरको सम्झौता हुँदै छ,’ उनले भने, ‘कृषि मिटर चलाउँदा पुस मसान्तसम्मको महसुल बक्यौता प्राधिकरणले नै असुल गर्ने र त्यसयताको महसुल नगरले भुक्तानी दिन्छ ।’ 

कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा चालू आर्थिक वर्ष ०७८/७९ को असार मसान्तसम्मको महसुल नगरले प्राधिकरणलाई भुक्तानी गरिदिने कृषि शाखा प्रमुख रामनारायण महतोले बताए ।

नगर क्षेत्रमा खेती गरिने साढे ६ हजार हेक्टर जग्गामध्ये करिब तीन हजार हेक्टर जग्गामा कृषि मिटरमार्फत सिँचाइ भइरहेको कृषि शाखा प्रमुख महतोले बताए । गोलबजार नगर क्षेत्रका पाँच सय ९२ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक छ ।

नगर प्रमुख साहले भने, ‘किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिइनेछ ।’ गोलबजार नगर क्षेत्रमा विभिन्न समयमा बनेर सञ्चालनमा रहेका करिब डेढ दर्जन सिँचाइ आयोजना रहेको उनले बताए ।