१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलामा ‘बुस्टर डोज’ खोप अझै आएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१२:oo

सरकारले अग्रपंक्तिमा रहेकाहरूलाई कोरोनाविरुद्वको बुस्टर डोज खोप दिने घोषणा गरे पनि जिल्लामा खोप अझै आइपुगेको छैन। सरकारले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई आइतबारदेखि बुस्टर डोज खोप लगाउने भनेको थियो। 

‘मंगलबारसम्म सुदूरपश्चिम प्रदेशमै बुस्टर जोड खोप पुगेको छैन्,’ स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले भने, ‘प्रदेशमा खोप पुगेपछि मात्रै जिल्लामा कहिलेबाट लगाउने भन्ने निर्णय हुन्छ।’ 

प्रदेशमा खोप पुगेको दुई–तीन दिनपछि जिल्लामा खोप आउने उनले बताए। कार्यालयले गत वैशाखसम्म कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाइएका व्यक्तिलाई खोप दिने तयारी गरेको छ।

दार्चुलामा पहिलो मात्रा गत वर्ष फागुन र दोस्रो मात्रा वैशाखमा दिइएको थियो। स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म दार्चुलामा ७७ प्रतिशत नागरिकले कोरोनाविरुद्वको खोप लगाएका छन्। 
पहिलो मात्रासमेत नलगाएकाका लागि अहिले पनि जिल्लाभरिका स्वास्थ्य संस्थामा जोन्सन एन्ड जान्सन खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्य अधिृकत भट्टका अनुसार अहिले भारतबाट घर फर्किनेहरूलाई पनि पुलघाट नाका, जिल्ला अस्पताल, गोकुलेश्वर अस्पतालमा खोप लगाउने काम भइरहेको छ।

‘कोरोनाविरुद्वको अन्य खोप अहिले पनि सीमानाका र स्वास्थ्य संस्थामा लगाउने काम भइरहेको छ,’ उनले भने, ‘बुस्टर डोज खोप पुगेपछि अग्रपंक्तिमा रहेकाहरूलाई खोप दिन सुरु गर्छौँ।’

कोरोना संक्रमणको पहिलो लहरका वेला दार्चुलामा संक्रमित हुनेको संख्या कम थियो । त्यति वेला संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या तीन थियो। दोस्रो लहरमा संक्रमित हुनेसँगै मृत्यु हुनेको समेत संख्या बढ्यो। दोस्रो चरणमा ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनुपरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। 

कोरोना संक्रमण रोकथामका लागि यही माघ ७ गतेबाट सबै व्यक्तिले अनिवार्य खोप कार्ड बोक्नुपर्ने नियम सरकारले लगाएको छ। यस्तै विद्यालय, क्याम्पसलगायत भिडभाड हुने गतिविधिमा रोक लगाएको छ।

ad
ad