१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
उपेन्द्र खनाल तनहुँ
Invalid date format २२:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तनहुँमा जिप पल्टिँदा चारको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल तनहुँ
नयाँ पत्रिका तनहुँ
Invalid date format २२:५४:oo

तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। बाफेबाट धरमपानीतर्फ आउँदै गरेको ग‍‌‍‌ १ ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियामा सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा चारजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए। दुर्घटनामा परी ज्यान गुमाउनेमा बन्दीपुर– ६ धरमपानी बस्ने नाैमहिने शिशु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने छन्। दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर, रातिको समयमा दुर्घटना भएकाले उद्धार गर्न केही समस्या भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी तत्कालै बन्दीपुर अस्पताल पठाइएको खड्काले जानकारी दिए।