१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन महिनाभित्र कोरोना बिमाको रकम भुक्तानी गर्ने अर्थ मन्त्रालयको तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

अर्थ मन्त्रालयले कोरोना बिमा गराएकालाई तीन महिनाभित्र भुक्तानी दिने बताएको छ। कोरोना बिमा गराएका करिब ८० हजार नागरिकले हालसम्म पनि बिमाबापतकाे रकम नपाएकोले मन्त्रालयले छिटो भुक्तानी दिने गरी तयारी गरेको हो।

अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बिमाबापतकाे रकम भुक्तानीको लागि बिमा समिति र बिमा कम्पनीहरूले अर्थ मन्त्रालयलाई तोकेता गरिरहेका बताए। तर रकमको स्रोत नभएकोले छिटो भुक्तानी गर्न नसकेको प्रवक्ता शाक्यको भनाइ छ।

उनले भुक्तानीको स्रोत खोज्ने तयारी भएको र तीन महिनाभित्र बिमाबापतकाे भुक्तानी भइसक्ने जानकारी दिए। उनका अनुसार कोरोना बिमाको भुक्तानीको लागि करिब ११ अर्ब रुपैयाँ चाहिन्छ। उक्त रकम छुट्याउने तयारी गरिएको छ। त्यसको लागि मन्त्रालयले बिमा कम्पनी र बिमा संस्थानका कर्मचारीसँग छलफल गर्ने तयारी गरेको छ।

कोरोना संक्रमणपछि बिमा बापतको रकमका लागि निवेदन झन्डै एक वर्ष पुगे पनि भुक्तानी हुन सकेको छैन। अर्थ मन्त्रालयले सम्झौताअनुसार बिमा रकमको भुक्तानी नदिएकोले बिमितलाई रकम दिन ढिलो भएको बिमा कम्पनीहरूले जनाएका छन्।