१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

१८ लाख एकड जमिनमा भारतीय सेनाकाे ब्यारेक र संरचना 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १६:५८:oo

भारतले स्वतन्त्रतापछि पहिलोपटक करिब १८ लाख एकड भूमि प्रतिरक्षा प्रयोजनका लागि सर्वेक्षण (नापी) गरेको छ। त्रि–आयामी मोडेलिङ, ड्रोन र उपग्रह इमेजरी प्रयोग गरेर भारतले रक्षा प्रयोजनका लागि उपयोग भएको जमिन सर्वेक्षण गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ। 

भारतीय रक्षा मन्त्रालयका अनुसार सेनाको ब्यारेकभित्र लगभग पौने दुई लाख एकड तथा बाहिर १६ लाख एकड जमिन नापी भएको भएको छ। ‘स्वतन्त्रतापछि पहिलोपटक अत्याधुनिक सर्वेक्षण प्रविधि प्रयोग गरी सम्पूर्ण रक्षा जग्गा नापी भएको छ। यो उल्लेखनीय उपलब्धि हो,’ रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै पिटिआईले समाचार दिएको छ।

रक्षा प्रयोजनका लागि सेनाले भारतभरि नै चर्चेको कुल जमिनको नापी पहिलोपटक भएको हो। यसलाई भारतको ‘ठूलो क्षेत्रफलको भूमि’ नापी भएमध्येको एक भनिएको छ । यसका लागि इलेक्ट्रोनिक टोटल स्टेसन, डिफरेंसियल ग्लोबल पोजिसनिङ सिस्टम र ड्रोन र स्याटेलाइट इमेजरीजस्ता आधुनिक सर्वेक्षण प्रविधिहरू प्रयोग गरिएको थियो। 

‘पहिलोपटक, ड्रोन इमेजरीमा आधारित सर्वेक्षण प्रविधि राजस्थानमा लाखौँ एकड रक्षा भूमिको सर्वेक्षणको लागि प्रयोग गरिएको थियो। भारतको सर्वेयर जनरलको सहयोगमा केही हप्तामा सम्पूर्ण क्षेत्रको सर्वेक्षण गरिएको थियो, जुन पहिले वर्षौँ लाग्थ्यो,’ रक्षा मन्त्रालयले भनेको छ।

 भाभा एटोमिक रिसर्च सेन्टरसँगको सहकार्यमा डिजिटल एलिभेसन मोडल प्रयोग गरी पहाडी क्षेत्रमा रक्षा भूमिको राम्रो दृश्यावलोकनका लागि थ्रिडी मोडलिङ प्रविधि पनि उपयोग भएको रक्षाले जनाएको छ। मन्त्रालयका अनुसार गत तीन महिनामा १७ लाख ७८ हजार एकडमध्ये ८ लाख ९० हजार एकड जमिनको सर्वेक्षण भएको थियो। यसलाई सरकारले ल्याएको डिजिटल इन्डियाको सफलताका रूपमा रक्षा मन्त्रालयले जोड दिएको छ।